काठ्माडौंमा माघी महोत्सवको तयारी सुरु

Untitled-2

 

काठ्माडौंमा माघी महोत्सवको तयारी सुरु।था.क.स. उपत्यका समिति तथा माघी मूल आयोजक समितिका अध्यक्ष सत्यनारायण चौधरी ‘सुमन’ अनुसार, मिटिङ्मा यी प्रस्तावहरु पारित भए।

1.माघी महोत्सव माघ एक गते काठ्माडौंको टुडिखेलमा भव्य रुपमा मनाईने छ।
2. काठ्माडौंका सबै थारू संघ संस्थाका पदाधिकारी रहने गरी महोत्सवको मूल आयोजक समिति तथा उपसमितिको निर्माण गरिने छ।
3. सबै थारू संघ संस्था, नेपाल सरकार, आदिवासी जनजाति प्रतिस्ठान, पर्यटन बोर्ड, इतादिहरूलाई financial सहयोग माग्ने।
4. महोत्सवमा थारू समुदायका मान्छेले स्टल राखेमा रू 2500 र अन्य समुदायकालाई रू 5000 लाग्ने छ।
5. माघी महोत्सवमा सहभागी हुन रू 50 को टिकेट अनिवार्य गरिएको छ। प्रत्येक टिकेटसँग एक प्याकेट WAI-WAI फ्रि दिईने छ।

तपाईहरुले पनि आआफ्नो विचार तथा सुझाव कमेन्ट गर्नुहोस्, तपाईको हरेक प्रतिक्रिया महत्वपूर्ण छ।





Share on Facebook