थारु समुदायमा तन्त्र विद्या र प्रभाव

कृष्णराज सर्वहारी

(थारु समुदायको संस्कृतिका बारेमा गहिरो अध्ययनमा लागेका युवा पत्रकार तथा लेखक कृष्णराज सर्वहारीको अनुसन्धानात्मक कृति ‘थारु गुर््वा र मन्त्र ज्ञान’ हालै प्रकाशित भएको छ । यस किताबको परिचयका लागि सर्वहारीले लेखेको भूमिका यहाँ साभार गरिएको छ । :इनेपाली खबर )

Krishna-R-sarbahari

देउखुरीको थारु समुदायमा गुर्वा प्रणाली (सन् २०११–१२) शीर्षकमा गरिएको अध्ययनको निचोड हो प्रस्तुत पुस्तक । साथै, थारू आदिवासी ज्ञान अनुसन्धान परियोजना (सन् २००६–२००८) अन्तर्गत गरिएको अध्ययनलाई पनि लेखनमा समावेश गरिएको छ । यी दुवै विषयमा अनुसन्धानको लागि सामाजिक समावेशीकरण कोष अन्तर्गत एसएनभी नेपालको सहयोग प्राप्त भएको थियो ।
पुस्तकको पहिलो खण्डमा अध्ययनको परिचय, पृष्ठभूमि दिइएको छ । दोश्रो खण्डमा अध्ययनको उद्देश्य, सीमा, क्षेत्र, अध्ययन विधिबारे चर्चा छ । त्यस्तै, तेश्रो खण्डमा थारू समुदायमा गुर््वाको महत्वलाई केलाउँदै उसको सामाजिक तथा सांस्कृतिक महत्व, गु¥वाबाट गरिने व्यक्तिगत तथा सामूहिक पूजावारे जानकारी छ । गुर्वाको वर्तमान अवस्थाको बारेमा केन्द्रित रहेकोले पूजापाठबारे संक्षिप्तमा चर्चा गरिएको छ । यसै खण्डमा गु¥वाको आर्थिक, राजनीतिक तथा धार्मिक महत्वको बारेमा पनि चिरफार गरिएको छ ।
चौथो खण्ड पुस्तकको महत्वपूर्ण पाटो हो । यसमा गु¥वाको मन्टर (मन्त्र) ज्ञान, मन्टरको विशेषता, गु¥वाहरूको जडिबुटी ज्ञान र वैज्ञानिक परीक्षण, गु¥वाई ज्ञान लोप हुनाका कारण आदिबारे सामग्री समेटेर गु¥वाको वर्तमान अवस्थाको चर्चा गरिएको छ । गु¥वाले मान्छे मात्रै होइन, मन्त्रशक्तिबाट पशुको रोग उपचार समेत गर्छ । उसले उपचारको क्रममा क्रमशः आछट हेर्ना, पाटी बैठ्ना, गुरै कर्ना क्रियाकलाप गर्छ । आफ्नो आत्मरक्षादेखि गाउँमा महामारी फैलिएमा, केटाकेटी लगातार रोएमा तथा हंशले ठाउँ छाडेमा, टाउको दुःखेमा, ज्वरो आएमा, महिला बाँझो भए ढुर्रा लौसर्ना (कोख हराभरा पार्ने विधि) देखि सर्प, बिच्छीले टोकेको बिष झार्ने मन्टरसम्म अझै पनि थारु गु¥वाहरुले प्रयोग गर्दै आइरहेका छन् । थारु गु¥वाहरुका मन्टरमा नेपाली, हिन्दी, उर्दु, बंगाली लगायत विभिन्न भा
षाको प्रयोग भएको देखिन्छ । मन्टरमा नाथ सम्प्रदायसँग सम्बन्धदेखि रावणको प्रसंग पनि आएको छ । थारुहरु हिन्दु धर्मावलम्वी होइनन्, तर मन्टरको एक खास विशेषता भनेको प्रायः सवै मन्टरमा महादेव पार्वतीको स्तूति गान छ ।

tharu-gurau

चौथो खण्डमा नै एक गु¥वाको करीव दुई महिनाको उपचार उपस्थितिको दिनचर्या हेरिएको छ । सो गु¥वाले एउटै रोगीलाई लगातार सेवा दिएर ठीक नभएकोमा बिरामीका परिवारका सदस्य अन्य गु¥वाको शरण परेको पनि देखिन्छ । यसले गु¥वाप्रतिको थारु समुदायको विश्वास गहिरो ढंगले जरा गाडेको देखाउँछ । गुरैको शुरुवातदेखि मन्टर सिक्ने तरीका, गु¥वाको उमेर र मन्टर ज्ञान तथा गुर््वाहरूको जडिबुटी ज्ञान र वैज्ञानिक परीक्षण, गु¥वाई ज्ञान लोप हुनाका कारणबारे पनि यस खण्डमा केलाइएको छ । पाँचौं खण्ड उपसंहारको रुपमा रहेको छ ।
यसको परिशिष्ट खण्डमा व्यक्तिगत गुरै गरेको, आछट पाटी हेरेको, असारी पूजा तथा घर र खल्यान बाँधेको देखि बैडवाको उपचार पद्धतिको अवलोकन गरिएको छ, जसले पुस्तकलाई थप विश्वसनीय एवम् पठनीय बनाएको छ । प्रत्येक अवलोकनको क्रममा अनुसन्धानकर्ताको टिप्पणी पनि छ ।
थारु गु¥वा र मंत्र ज्ञान प्रस्तुत पुस्तकले थारु गु¥वाहरूको वर्तमान अवस्थाबारे यथेष्ट जानकारी दिन्छ । यो पुस्तकको खास विशेषता भनेको गु¥वा (धामी) हरूको एक सयभन्दा बढी मन्त्रको संकलन र विश्लेषण हो । देउखुरीको थारू समुदायमा गु¥वा प्रणाली अध्ययनमा आधारित भए पनि पुस्तकले पश्चिमा थरूहटलाई समेटेको छ । वि. सं. २००७ साल अघिसम्म गु¥वाहरूलाई प्रगन्नाको अगुवा बनाइएको थियो । उनीहरू स्वतन्त्र ढंगले कर उठाउथे । तर राज्यले आधुनिक प्रशासन संयन्त्रको विकास गरेपछि थारू गु¥वाहरू वहिष्करणमा परेको यसले इंगित गर्छ ।
गु¥वाहरू हाल धार्मिक क्रियाकलापमा सीमित भएका छन् । यद्यपि थारू संस्कृति संरक्षण सम्बद्र्धनमा उनीहरूको प्रत्यक्ष योगदान देखिन्छ । अझ थरूहट आन्दोलनमा समेत गुर््वा प्रणाली प्रयोग भएको लगायत अन्य रोचक पक्ष पुस्तकले समेटेको छ । गुर््वाई विद्या नजोगाइएमा आगामी चार दशक भित्रमा थरूहटबाट गुर््वाहरू लोप हुने उनीहरूको उमेरगत अवस्थाले देखिन्छ । आदिवासी÷जनजाति सम्बन्धमा अध्ययन गर्न रुचाउने सवैलाई पुस्तक उपयोगी छ । र, अन्तमाः पुस्तकको बारेमा आलोचनात्मक टिप्पणी, सुझावको अपेक्षामा छुँ ।

(पुस्तकको लेखकीय भनाइबाट साभार)
पुस्तक चाहिएमा, सम्पर्कः ९८५११–१६१८३
इमेलः ksarbahari@gmail.com

– See more at: http://www.enepalikhabar.com/litrature/2013/08/7772#sthash.GVxzfnJC.dpuf





Share on Facebook