सँस्कृतिको संरक्षण गर्न थारु सग्रालय

painting011

शालिग्राम नेपाल, सौराहा(चितवन) माघ २२ गते । कालो काठको गाडा एउटा कुनामा ठडिएको छ । ढिकी, जातो अर्को छेउमा सजाएको छ । कम्मर मुनि कछाडले लाज ढाकी खुर्पेटो भिरेको एउटा नाङ्गो शरीर नजिकै उभिएको छ । उसले भोर्लाको पात हालेर चोयाले वुनेको छतरी टाउकोमा ओडेको छ । अर्कातर्फ सेतो फरिया हातमा ठुला वाला, घाटीमा कल्ली, लामो कपाल, शरीरका विभिन्न भागमा काला टाटु, कम्मरमा माटोको घैटो, कानमा झुम्काले सजिएकी महिला ।

थारु सँस्कृतिलाई जीवन्त राख्न चितवनको सौराहामा रहेको थारु सास्कृतिक सग्रालयको दृश्य हो यो । आधुनिक प्रविधिले आफ्ना भेषभुषामाथि अतिक्रमण गर्न थालेपछि स्थानीय युवा र अग्रजहरुको प्रयासमा २०६२ सालमा सग्रालय निर्माण गरिएको हो । खपटाले छाएको छानो, माटोले पोतेको भित्ता रहेको भवनभित्र थारु समुदालयले प्रयोग गर्ने सामाग्री राखिएको छन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि वन्यजन्तु र थारु सस्कृति हेर्नको लागि सौराहामा पर्यटकको गतिविधि वढ्न थाल्यो । स्वदेशी तथा विदेशी पर्यटकको चहल पहल वृद्धि भएपछि वर्षौदेखि वासोवास गर्दै आएका थारु समुदायमा त्यसको प्रभाव प¥यो ।  निकुञ्ज स्थापनापछि त्यहा उव्जेका साग सिस्नु, फलफूल र खोलाका माछामा निर्भर रहेका थारु समुदाय अन्य पेसामा लाग्न थाले ।

वढ्दो रुपमा रहेकां पर्यटकहरु, नया प्रविधि, आधुनिक कपडालगायतको प्रत्यक्ष असर थारु समुदायमा पनि देखियो । निकुञ्ज र थारु सस्कृति हेर्न आएका पर्यटकको चाहना पूरा नहुने देखेपछि संग्रालय वनाएर सामाग्री राखेका हौं सरक्षक वासुदेव चौधरीले बताउनु भयो ।

‘आधुनिक जमानामा हाम्रो सस्कृति नै लोप हुने अवस्थामा पुग्येा त्यसैले संग्रालय निर्माण ग¥यौ चौधरीले भन्नु भयो ‘हामीपछिको पुस्ताले आफ्नै परम्परा दन्त्य कथा जसरी सुन्न नपरोस भन्नका लागि सग्रालय  निर्माण गरिएको हो ।’

‘यहाँ आएका पर्यटकहरु हाम्रो सस्कृति हेर्न गाउ घुम्ने गर्दछन् तर दिनभरी हिड्दा पनि पुराना सामाग्री देख्न पाइदैन उहाले भन्नु भयो सग्रालय वनेपछि थारुको सस्कृति हेर्न अब गाऊ गाऊ घुम्नु पर्दैन, एउटा घरभित्रै सवै अवलोकन गर्न र अनुसन्धान गर्न पाइन्छ । ‘कतिपय सामाग्रीहरुका प्रचलनसमेत हराइसकेका छन्, ती सवै  संग्रालयमा राखिएका छन् चौधरीले भने ‘हाम्रो नया पुस्ताले पनि अहिले त यही संग्रालय आएर हेर्ने गर्दछन् ।’
प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहाले भवन निर्माण गर्न सहयोग गरेको संग्रालयका अध्यक्ष वीरेन्द्र महत्तोले भन्नु भयो । यसको लागि स्थानीय युवाहरु, समुदायको पहलमा सामाग्री सङकलन गर्ने सामान थप्ने काम भएको उहाको भनाइ छ । सग्रालय मार्फत अन्र्तराष्ट्रियस्तरमा थारु सस्कृतिको प्रचारप्रसार गर्ने प्रयासमा छौ यहाका सामाग्री भेषभुषा र सस्कृतिको इन्टरनेट मार्फत प्रचारप्रसार गराएका छौ उहाले भन्नु भयो ‘आफ्नै पहलमा सग्रालय निर्माण गरी सञ्चालन गरेकाले सरकारी निकायमा भने सहयोग माग्न गएका छैनौ ।’
सग्रालयको निर्माणपछि सस्कृतिको जगेर्नासंगै आयआर्जन समेत भएको छ । अवलोकन र अनुसन्धान गर्न आएकाहरुसंग टिकट मार्फत शुल्क लिने व्यवस्था गरिएको छ । त्यही रकमबाट कर्मचारी व्यवस्थापन र सञ्चालन खर्च पुगेको अध्यक्ष महत्तोले भन्नु भयो ।
‘आम्दानी पनि भएको छ, थप अरु काम गर्नलाई सहयोग मिलेको छ, हामी खुसी छा’ै उहाले भन्नु भयो ‘सग्रालय अवलोकन गर्ने पर्यटक गएको वर्ष १५ हजारभन्दा वढी पर्यकट आएका थिए ।’ एउटा जातिको विस्तृत जानकारी पाउने स्थल भएपछि पर्यटकको भिड लाग्नु स्वभाविक भएको अध्यक्ष महत्तोले बताउनु भयो ।
स्थापना कालमा सानो अकारमा निर्माण गरिएको भवनलाई अव विस्तार गर्ने तयारीमा रहेको उहाले जानकारी दिनु भयो । शुरुमा केही सामाग्री राख्ने भनेर निर्माण गरेका थियौ, अव त यो अनुसन्धान केन्द्रको रुपमा विकास भएको छ अध्यक्ष महत्तोले भन्नु भयो ‘पञ्च वर्षीय योजना वनाएर यसलाइ विस्तार गर्ने तयारीमा छौ ।’  उहाले योजनामा परम्परा घर, सभाहल, अध्ययन गर्न आउनेलाइ छुट्टै वस्ने  व्यवस्था, पुस्तकालय, टिकट काउन्टरलगायतको निर्माण गरिने बताउनु भयो ।
‘सग्रालय वनाउनको लागि संघ सस्था (आइएनजीओ)हरुले पनि सहयोग गर्ने प्रतिवद्धता गरेका छन्, सवैको सहयोग लिएर हामी यसलाई वृहत्तर विकासको कार्यक्रम अघि वढाउदै छौ अध्यक्ष महत्तोले भन्नु भयो ‘यसको विकासले चितवनको सौराहा आएका पर्यटकहरुले नेपालका थारुहरुको यथार्थ विवरण पाउन सक्छन् ।’ आधुनिकताले सस्कार र सस्कृति हराउदै जाने हुनाले यस्ता सस्कृति सग्रालयको महत्व  अतुलनीय हुने उहाले बताउनु भयो ।
सग्रालयमा थारु जातिले प्रयोगमा ल्याउने कृषि सामाग्री राखिएका छन् । जसमा माछा मार्ने औजार, चाढ पर्वमा लगाउने भेष भुषा, जितीया, यमोसा, फागु पूर्णिमामा लगाउने भुषण, तिहारमा पुजा गर्ने सामाग्री माछा सुकाउने भाडो, गाग्रो, पटही, डोरी, खाना पकाउने सामान, जन्मदेखि मृत्युसम्म चाहिने सामाग्री राखिने उहाको भनाइ छ ।
थारु जातिले कहिलेदेखि नेपालमा वासोवास गर्न थालेको हो ?  उनीहरुको उद्गम स्थल कहा थियो ? सौराहामा कसरी थारु जातिको वसोवास र≈यो ? सवै विषयमा अनुसन्धान गरेर राख्ने काम भइरहेको अध्यक्ष महत्तोले भन्नु भयो । देशका अन्य जिल्लामा रहेका र चितवनका थारुको भाषामा केही भिन्नता भएपनि उद्गम स्थल भनेको एउटै हो सग्रालयका संरक्षक चौधरीले भन्नु भयो । ‘यो सग्रालयमा आएर अवलोकन र अध्ययन गरेपछि हाम्रो सस्कार र सस्कृतिको विषयमा प्रर्याप्त जानकारी पाउन सकिन्छ, २० वर्ष अगाडि थारु समुदायबाट लोप भएको काठको गाडा, माटोको गाग्रा र अन्य सामाग्री पनि यहा देख्न सकिन्छ ।
आदिवासी वासोवास रहेको थारु समुदायको विस्तृत जानकारी पाउने सग्रालय  निर्माण भएपछि सस्कृतिको जर्गेना भएको छ । यसले युवा पुस्तालाई आफ्नो सस्कार सस्कृति जगेर्ना भएको छ । यसले युवा पुस्तालाई आफ्नो सस्कार र सस्कृतिलाई विर्सनु हुदैन भन्ने ज्ञान पनि दिलाएको छ संरक्षक चौधरीले भन्नु भयो ‘थारु सग्रालयले अन्य समुदायलाई पनि आफ्नो सास्कृतिक धरोहरलाई संरक्षण गर्नु पर्दछ भन्ने सिकाएको हुनु पर्दछ ।’





Share on Facebook